शिव मारुती ज्वेलर्स

बिबेक महतो । महोत्तरीको बर्दिबास नगरपालिका–१२ (बिजलपुरा) अकनटोलस्थित सडकमा ना.८ ख ५३३५ नम्बरको टिपरले ज.१२ प ३००६ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषा मिथिला नगरपालिका–८ बस्ने २१ वर्षीय बिजय कुमार महतो कोईरी छन् ।

शुभकामना

दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा हस्पिटल बर्दीवासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको काव्या अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

२०७९ कार्तिक ३०, बुधबार १५:४४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय