फोक्स नेपाल ,संवाददाता । धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृ जुलीकुमारी महतो निर्वाचित भएकी छन् ।
सत्ता गठबन्धन घटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै जुली विजयी भएकी हुन् ।
शुभकामना

अन्तिम मतपरिणाम अनुसार जुलीले ३३ हजार ३५५ मत प्राप्त गरि निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिल २३ हजार ६८६ मत मात्रै ल्याउन सफल भएका छन् । एमाले यस क्षेत्रमा एकलो प्रतिस्पर्धा गरेको थियो ।














