शिव मारुती ज्वेलर्स

बर्दिबास, मंसिर १० गते । महोत्तरी क्षेत्र नम्बर १ मा मतगणना गर्ने क्रममा मतदाताको फेरी अर्को पत्र फेला परेको छ । भँगहा नगरपालिका-३ को मतपेटिकामा भेटिएको उक्त पत्रमा ती मतदाताले नेताहरुले नेपाल देश लुटेर खाइसकेको टिप्पणी गरेका छन् ।

नेताहरूले जनतालाई ठुलो धोका दिएर स्वीजरल्याण्डको बैंकमा पैसा जम्मा गरेकाे पनि ती मतदाता आरोप लगाएका छन् । नेपालको नेताले किसानको बारेमा केही विकास नगरेको पत्रमा उल्लेख गरेका छन् ।

शुभकामना

यसअघि पनि मतपेटिकाभित्र पत्र भेटिएको थियो । उक्त पत्रमा मतदाताले शैक्षिक योग्यता र उमेरको हद लागू गर्नुपर्ने माग राखेका थिए ।

त्यस क्षेत्रमा उम्मेदवारी दिने सबै नेताहरू भ्रष्ट भएको हुनाले आफूले मत दिन नसकेको उनले पत्रमा उल्लेख गरेका थिए ।

सानो अर्धकट्टीमा लेखिएको उक्त पत्रमा जनता मत खसाल्न बाध्य भएको हुनाले मत हालेको समेत उनले उल्लेख गरेका थिए । श्रोत : द पब्लिक टुडे

२०७९ मंसिर १०, शनिबार १६:०८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय