सिरहा । सिरहाको बरियारपट्टी गाँउपालिका वडा नम्बर ३ मा मंसिर १५ गते विहान सालनाल लागेकै अबस्थामा नवजात शिशु फेला परेको छ ।
बरियारपट्टी बजार भन्दा ३०० मिटर पश्चिम र दक्षीणमा आज विहान सालनाल सहित छोरा शिशु भेटिएको छ।
स्थानिय अधिकलाल यादबले खेत गएको बेला बच्चा रोएको अबाज सुनेपछि कपडामा राखिएको अबस्थामा उक्त बच्चा भेटिएको छ।
शुभकामना

बच्चा भेटिएपछि स्थानियले ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरि प्रहरी टोली घटना स्थलमा पुगी उक्त नवजात शिशुलाई स्वास्थ्य चौकी बरियारपट्टीमा राखिएको छ ।शिशु छोरा रहेको २किलो ८ ग्राम रहेको छ स्वास्थ्य अबस्था राम्रो रहेको ईलाका प्रहरी कार्यालय बरियापट्टीले जनाएको छ ।
उक्त शिशुलाई जिल्ला अस्पताल सिरहामा पठाएको प्रहरीले जनाएको छ । स्थानियका अनुसार उक्त बच्चा अबैध सम्वन्धबाट भएको कारण शिशु फालिएको बताए।














