शिव मारुती ज्वेलर्स

फोकस नेपाल, पुस २५ गते । सप्तरीमा रोकि राखेको टिपरमा दुई मोटरसाइकल ठोक्किएर दुई युवकको मृत्यु भएको छ । पछाडि सवार दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बा ८९ प ३२१५  नम्बरको मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका ११ बनौलीका २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी र प्रदेश १-०२-०४४ प ८६१९ नम्बरको मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका १० का २२ वर्षीय रामाकान्त चौधरी रहेका छन् ।

शुभकामना

आइतबार दिउँसो सप्तरीको खडक नगरपालिका ११ स्थित पुर्व हुलाकी सडक खण्डमा बिग्रेर रोकेको स १ ख ९२८ नम्बरको टिपरमा बोदेबर्साईनबाट राजबिराज तर्फ जादै गरेको दुबै मोटरसाइकल पछाडी ठोकिएर दुर्घटना भएको हो । दुबै युवकको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

दुबै मोटरसाइकलमा पछाडि सवार दुई युवक समेत गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

२०७९ पुष २५, सोमबार ०९:४६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय