शिव मारुती ज्वेलर्स

जनकपुरधाम, माघ २१ गते । जनकपुरधामबाट हातहतियारसहित एकजना मिटर व्याजी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ वर्षीय दिलिप साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुभकामना

साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटर व्याजीको उजुरी दिएका थिए ।

शनिबार प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले दिलिप साहको घर तथा पसलमा खान तलासि गर्दा कपाली तमसुकहरू, जग्गा धनि पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू र कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान ४, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

२०७९ माघ २१, शनिबार १४:०१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय