महोत्तरी ,फागुन ०१ गते । भारततर्फ लैजादै गरेको ४८ वटा गाई गोरुलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्सीस्थित दशगजाबाट डोर्याउँदै लगिरहेको अवस्थामा एक जना व्यक्तिसहित ४८ वठा गाई गोरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले बताए।
शुभकामना

उनका अनुसार पक्राउ पर्नेमा सम्सी-७ का १८ वर्षीय गुफरान सेख रहेका छन्। फरार रहेका अरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ।














