शिव मारुती ज्वेलर्स

जनकपुरधाम ,फागुन १२ गते । विश्वप्रसिद्ध जानकी मन्दिर प्राँगनमा कुडादानी (डस्टविन) मा सर्वसाधारणले फालेको फोहोर धनुषाका सिडिओ आफैँ सफाई गर्न थालेका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले आफैँ जानकी मन्दिर परिसरभित्रको फोहोरमैला सफाईमा जुटेका छन् ।

शुभकामना

पान, गुटखा, पानीको बोतल, फास्ट फूडका फोहोर जानकी मन्दिरमा दुर्गन्धित हुन थालेपछि सिडिओ दाहालले आफैँ सफाईमा जुटेका हुन् । उनी बिहानै जानकी मन्दिर पुगेर सफाई गरेका छन् ।

स्वस्थ्य, स्वच्छ र सफा जनकपुरधामको नारासहित साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत सिडिओ दाहालले जिल्ला प्रहरी कार्यालय धनुषा, सशस्त्र प्रहरी बल गण ८ धनुषा, नागरिक समाज धनुषा, अधिकृत सँगम, श्रीनाथ गण धनुषा र स्थानीय क्लबहरुको सहयोगमा आफैँ सफाईमा जुटेका हुन् ।

जिल्ला अधिकारी दाहालले जानकी मन्दिर जस्तो विश्वप्रसिद्ध र हिन्दुहरुको आस्थाको केन्द्रमा फोहोर दुर्गन्धित हुनु लज्जास्पद रहेको बताए । उनले परिसरभित्र फोहोर नै गर्न नहुने अवस्था सृजना गर्नुपर्ने नियम कानुन लागू हुनुपर्ने धारणा राखे ।

जानकी मन्दिर परिसरभित्र पान, गुटखा खानु निषेध गर्ने गरी कानुन मन्दिर पक्षबाट पनि हुनुपर्ने बताए । उनले यहाँका सरोकारबालाहरुसँगको छलफलबाट निर्णय कार्यन्वयनमा ल्याउनुपर्ने धारणा राखे ।

२०७९ फाल्गुन १२, शुक्रबार ०६:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय