शिव मारुती ज्वेलर्स

जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा आगो बालेका छन् ।

सोमबार विहान जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी जनमतका कार्यकर्ताहरुले नागरिकताविहिनहरुलाई नागरिकता दिनुपर्ने मागसहित आगो बालेका छन् ।

शुभकामना

नागरिकता विद्येयक राष्ट्रपतिले लागु गरेपनि अदालतले नागरिकता सम्बन्धी कानुन बनाएर मात्र नागरिकता दिन भनेपछि जनमतका कार्यकर्ताले विरोध जनाएका छन् । उनीहरुले नागरिकताविहिनहरुलाई नागरिकता प्रदान गर्न दबाब दिएका छन् ।

आफ्नै देशमा अनागरिक भएर नागरिकताविहिन रहेका नागरिकलाई कानुनी प्रक्रिया पुरयाएर नागरिकताको लागि आगो बालेका हुन् । विद्यार्थी जनमत सँघका बीरेन्द्र यादव, इजाज अन्सारी लगायतका दर्जनौ कार्यकर्ताहरुले जिप्रका अगाडी आगो बालेका हुन् ।

२०८० जेष्ठ २२, सोमबार ०६:५९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय