पाल्पा ,असार १९ गते । २ भन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार पुरस्कार दिने घोषण गरेका छन् ।
पाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर-१ ले २ भन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।वडामा जनसंख्या बढाउनका लागि यस्तो निर्णय गरिएकोहो ।
शुभकामना

गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना हुनुपर्ने अवस्था आएको भन्दै वडाले यस्तो व्यवस्था गरेको वडा अध्यक्ष चिरन्जीवी पोखरेलले बताउनु भएको छ ।














