गणेश कुमार सिंह , असार २७ गते । गौशाला नगरपालिका वडा नं. १२ स्थित बाँके खोलामा अबैध रुपमा रातीको समय मा खोला खन्दै गरेको बेला युवाहरू र कान्तिबजार प्रहरी चौकी द्वारा स्काईभेटर पक्राउ गर्न सफल भएको छ ।
स्काईभेटर नम्बर समेत नरहेको अबैध रुपमा खोला खन्दै गरेको अवस्था मा रंगेहात पक्राउ गरि कान्तिबजार प्रहरी चौकी को जिम्मेवारी लगाएको युवाहरूले जानकारी दिएका छन् ।
शुभकामना

कान्तिबजार प्रहरी चौकीले स्काईभेटर नियन्त्रणमा लिइ उक्ति स्काईभेटर कसको हो भनि आवश्यक अनुसंधान थालेको जानकारी दिएका छन् ।















