जनकपुरधाम,श्रावण १४ गते । मधेश प्रदेशको राजधानी जनकपुरको रामानन्दचोक अहिले तनावग्रस्त बनेको छ । मुस्लिम समुदायका युवकहरुले सडकमै बसेर प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।
आज साँझ मुस्लिम समुदायका युवकहरुलाई ट्राफिक प्रहरीले हेल्मेट खोजेपछि उनीहरुले प्रहरी प्रशासनलाई तथानाम गाली गलौज सुरु गरेका थिए । रामानन्दचोकमै बसेर सडक जाम गरी प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको हो ।
शुभकामना

अपरान्ह ८ः३० बजेसम्म रामानन्दचोकमा पूर्ण जाम भएको थियो । एक तर्फ हिन्दु समुदायका व्यक्तिहरु र अर्कातर्फ मुस्लिम समुदायका केही युवकहरुले नाराबाजी गरेपछि अवस्था तातिएको हो । अहिले सयौँको सँँख्यामा प्रहरी परिचालन गरिएको छ ।
रामानन्दचोकमा मुस्लिम समुदायका युवकहरुले अवरोध गरेपछि हिन्दु सम्राटका युवकहरुले समेत ताण्डव सुरु गरेका हुन् । प्रशासनले अहिले अवस्थालाई समान्य गर्न कसरत गरिरहेको छ ।
मुस्लिम समुदायका केहि युवाहरु मोहर्म पर्बको नाममा हात हतियार, भाला, फर्शा, आधुनिक घरेलु हतियार देखाउँदै रामानन्द चोकमा हो हल्ला गर्दै हिन्दु समुदाय विरुद्ध उग्र नारा र जुलुस गरे पछि हिन्दुहरुले प्रतिकार गरेको थियो ।
जनकपुर रामानन्द चोकका स्थानीय हिन्दु समुदाय, हिन्दू अगुवा, हिन्दु सम्राट सेनाका सद्स्यहरु उनीहरुको हतियार जफत गरि प्रहरीलाई बुझाएको छ ।














