शिव मारुती ज्वेलर्स

सम्सी महोत्तरी , श्रावण २७ गते । सम्सी गाउँपालिकाको परसामा शुक्रवार बिहानै ट्रक्टरको ठक्करबाट एक जनाको मृत्यू र एक जना घाइते भएका छन।

पान खान पसलमा बसिरहेको बेला सोनमा बाट सम्सी तर्फ गइरहेको स.१ त ५२९१ नम्बरको  ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यू र एक जना घाइते भएका छ्न। मृत्यु हुनेमा सम्सी गाउँपालिका २ बस्ने बर्ष ६५ को इदरिस अन्सारी रहेको छ। अन्सारी घरबाट नास्ता गरि पान खान पान पसलमा आएको बेला अचानक सडक बाट अनियन्त्रीत भइ ठक्कर मारेका स्थानियहरुले बताएका छन। ठक्करबाट सम्सी गाउँपालिका २ बस्ने शेष आलम घाइते भएका छन। आलमको बायाँ खुट्टामा चोटपटक लागेको छ।

शुभकामना

मृतकलाई पोष्टमार्टमको लागि जलेश्वर पठाउने तैयारीमा रहेको छ भने ट्यक्ट्र चालक जिल्ला प्रहरी कार्यालय जलेश्वरमा बुझाइएको कुरा प्रहरी चौकी सम्सिका इन्चार्जले बताएको छ।

२०८० श्रावण २७, शनिबार ०१:२७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय