फोकस नेपाल ,भाद्र ०५ गते । जनमत पार्टीका एक मन्त्रीसहित चार प्रदेश सांसद आन्तरिक मूल्यांकनमा असफल भएका छन् ।
शनिबार डा. सीके राउत नेतृत्वको जनमत पार्टीले गरेको निर्वाचनमा चारजना प्रदेश सांसद अनुत्तीर्ण भएका हुन्।
शुभकामना

जनमतले आयोजना गरेको निर्वाचनमा जनमतकै कार्यकर्ताहरूले मतदान गरेका थिए।
कुल १६ जना रहेको सांसदमध्ये १२ जनाको कार्यसम्पादन ठीक रहेको पाइएको छ।
फेल हुने चारैजना समानुपातिक सांसद हुन् ।
चन्दनकुमार सिंह, त्रिभुवन साह, भाग्यश्री कुमारी चौधरी र अनिता कुमारी साह आन्तरिक मूल्यांकनमा अनुतीर्ण भएका छन्।
सिंह मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री मन्त्री हुन् । उनको पक्षमा १४ र विपक्षमा २८ मत परेको थियो ।
यस्तै, सिरहाका त्रिभुवन साहको पक्षमा २० र विपक्षमा ७८ मत परेको थियो। चौधरीको पक्षमा २१ र विपक्षमा ७९ मत परेको जनमतका प्रवक्ता डा। शरदसिंह यादवले जानकारी दिए।
यस्तै, अनिता कुमारी साह पनि फेल भएकी छिन्। उनको पक्षमा १४ र विपक्षमा २३ मत परेको थियो।
सम्बन्धित क्षेत्रका पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सो पदका प्रत्यासी, जिल्ला परिषद सदस्य र सोही भूगोलका केन्द्रीय सदस्यसमेत मतदानमा सहभागी थिए।














