शिव मारुती ज्वेलर्स

जनकपुरधाम, असोज ०८ गते । विश्वप्रसिद्ध जानकी मन्दिरमा पूजाआजाको लागि राष्ट्रपतिलाई चप्पलको व्यवस्था गरिएपछि चौतर्फी विरोध भएको छ ।

आज विहान ९ बजेपछि जनकपुर आउने कार्यक्रम रहेको राष्ट्रपति रामचन्द्र पौडेललाई जानकी मन्दिरको भित्री गर्भगृहसम्म जानको लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले चप्पलको व्यवस्था गरेपछि चौतर्फी विरोध भएको हो ।

शुभकामना

हिन्दु धर्ममा मठ मन्दिरमा चप्पल, जुत्ता परै वा बाहिरै राख्नुपर्ने प्रावधान भएपनि राष्ट्रपतिको लागि मेयर साहले विशेष चप्पलको व्यवस्था गरेपछि चाकडीपनको हद पार भएको टिकाटिप्पणी पनि गरिएको छ ।

जानकी मन्दिरका सहायक महन्त रोषण दास ‘वैष्णव’ ले माता जानकीको गर्भगृहसम्म पुग्न राष्ट्रपति पौडेलका लागि चप्पलको व्यवस्था मिलाएको बताए । उनका अनुसार आयोजक जनकपुरधाम उपमहानगरपालिकाले नै चप्पलको व्यवस्था मिलाएको हो ।

छोटे महन्त दासका अनुसार, ‘जाडो महिनामा मानिसहरूले कपडाको जुत्ताजस्तो जुन चप्पल लगाउँछन्, त्यही चप्पल राष्ट्रपति पौडेलको लागि व्यवस्था गरिएको छ ।’

२०८० आश्विन ८, सोमबार ०३:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय