गणेश कुमार सिंह,महोत्तरी । जलेश्वर नगरपालिका साक्षर घोषण सार्बजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला महोत्तरी जलेश्वर न.पा.२ स्थिति रहेको जिल्ला समन्वय समितिको सभाहलमा जलेश्वर नगरपालिकाको कार्यालयको आयोजनामा साक्षर घोषण सार्वजनिकिकरण कार्यक्रम आज मिती २०८०/०६/०९ गते ०१:२० बजेको समयमा शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथी मधेस प्रदेशका मुख्यमन्त्री मा. सरोज यादब ज्यु आउनु भइ भएका थिए ।
शुभकामना



कार्यक्रम शुरु भएको उक्त कार्यक्रमका बिशिष्ट अतिथी महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारि शिबराम गेलाल,जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश शाह सोनार लगायत यस कार्यक्रमका अतिथिहरु सहायक प्र.जि.अ. उपेन्द्र न्यौपाने , जि.प्र.का.महोत्तरीका प्र.उ.प्रकाश मल्ल,सशस्त्र प्रहरीका प्र.उ. लेखनाथ खनाल,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप सिंह जिल्ला समन्वय समितिका सभापती सुमन कु. लाल कर्ण ,जलेश्वर नगरपालिका वाट १ देखि १२ सम्मका वडाअध्यक्ष , save the children का प्रतिनिधि ,रतौली युवा कल्बका प्रतिनिधि सहित स्थानीय बासिन्दा ,विद्यार्थी, शिक्षक तथा पत्रकारहरु गरि ४४९ जनाको कार्यक्रम उपस्तिथि रहेको थियोे ।
















