सर्लाही ,असोज २४ गते । सर्लाहीको बरहथवामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ।
जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर बरहथवा नगरपालिका-१४, बिन टोलका ५० वर्षीय शिवजी साह तेलीको मृत्यु भएको हो।
शुभकामना

मंगलाबार राती शौच गर्न घर छेउको बारीमा पुग्दा करेन्ट लागेर तेलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तेलीको घर नजिकै स्थानीय नरेश साहले जंगली जनावरबाट बाली जोगाउन विद्युतीय पासो थापेका थिए।
विद्युतीय पासोमा परेर छिमेकीको मृत्यु भएपछि नरेश फरार छन्। उनको १९ वर्षीय छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृत्युबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने मृतकको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ।














