शिव मारुती ज्वेलर्स

मधेश प्रदेश, असोज २९ गते । एमाले सांसदको विरोधपछि मधेश प्रदेशसभाको बैठक स्थगित भएको छ ।

एमाले सांसदहरुले विकास निर्माणको काममा उपभोक्ता समिति गठन गर्दा निर्वाचित जनप्रतिनिधिको रोहबरमा हुने सहमति कार्यन्वयन नभएको भन्दै विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।

शुभकामना

सरकारबाट विनियोजित बजेट सञ्चालन गर्न कार्यविधि बनाएपनि मुख्यमन्त्रीले दलका नेताहरुसँग गरेको सहमति नमानेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

एमालेका संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले सहमति भएको महिनौ बितिसक्दा समेत मुख्यमन्त्रीले कुनै चासो नदेखाएकोले आफूहरुले बैठक अवरुद्ध गरेको बताए ।

एमाले सांसदहरुले जवाफ माग्दै बैठक अवरुद्ध गरेपछि सभामुख मण्डलले सो विषयबस्तुमा जानकारी आइसकेको भन्दै पकट पटक बैठक सञ्चालन गर्नका लागि आग्रह गरेका थिए । तर, एमाले सांसदहरुले जवाफ माग्दै विरोध जारी राखेपछि सभामुख मण्डलले १० मिनेटको लागि स्थगित गरे ।

२०८० आश्विन २९, सोमबार १३:१०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय