शिव मारुती ज्वेलर्स

गणेश कुमार सिंह ,कार्तिक २९ गते । महोत्तरी ,धनुषा ,रौतहट र भारतका विभिन्न स्थानमा डाकाको घटनामा संगलग्न २ जना पक्राउ परेका छन् ।

महोत्तरी गाउपालिका वडा न. ३ मडै ,जलेश्वर नगरपालिका ८ रतवारा ,धनुषाको नकटाझिज , रौतहटको चपुर ,लगायतका नेपाल तथा भारतका विभिन्न स्थानामा भएको डाकाको घटनामा संगलगन रहेको आरोपमा मिति २०८०/०७/२८ गते २०:०० बजेको समयमा प्रहरीले रौतहट जिल्लाको गरुडा नगरपालिका वडा न. ४ पानी टेङकी नजिक लुकि छिपिरहेको अवस्थामा रौतहट प्रहरीले प्रकाउ गर्न सफल भएका छन् ।

शुभकामना

पक्राउ परेपछि सर्लाही प्रहरीलाई हेन्ड ओभर गरि सर्लाही प्रहरीले महोत्तरी प्रहरीलाई ह्याण्ड ओभर गर्न ल्याउदै गर्दा २२:०० बजेको समयमा जिल्ला महोत्तरी सोनमा गाउपालिका वडा न. ५ खैरबनी स्थित हुलाकी सडकमा सर्लाही प्रहरीले महोत्तरी प्रहरीलाई हेण्ड ओभर गर्दै गर्दा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा न. २ निवासी बर्ष ३२ को अजय पासवान र ऐ.ऐ. बस्ने बर्ष ३५ को शक्ति कुमार पासवान प्रहरीको हिरासत बाट भागन खोज्दा प्रहरीले नियन्त्रणमा लिनको लागि १० राउण्ड गोलि चलाएका छन् ।

गोली चलाउदा शक्ति कपुर पसवानलाई बायाँ तिघ्रा १ गोलि र अजय पासवानको बायाँ तिघ्रामा १ गोलि र दायामा समेत (गोलीको छरा लागि ) घाईते भएकोमा उपचारको लागि २२:३० बजे प्रादेशिक अस्पताल जलेश्वर ल्याई उपचार भैइरहेको बताए ।

शक्ति कपुरको साथ बाट १ थान नलकटुवा र ४ गोलि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी तर्फ संजय जयसवाल सहायक हवलदार
श्याम किशोर गिरी जवान घाइते भएका छ्न भने जिल्ला प्रहरी कार्यालयका  प्रबक्ता एंन प्रहरी उपरीक्षक प्रकाश मल्ल जानकारी दिएका छन् ।

२०८० कार्तिक २९, बुधबार ०२:१७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय