शिव मारुती ज्वेलर्स

कञ्चनपुर । भारतको उत्तराखण्डस्थित रुद्रप्रयागबाट केदारनाथ जाने बाटोमा पर्छ फाँटा हेलिप्याड । त्यहाँबाट केदारनाथ १६ किमि टाढा छ भने बद्रीनाथ ८० किमि । चितवन माडीका गोपाल पार्कीको तीन जनाको परिवार र उनकै नातेदार माडीकै ३ अन्य र दैलेखका १ गरी ७ जनाले बिहीबार साँझ करिब ७ बजेतिर सँगै खाना खाएका थिए ।

केदारनाथ जाने सडक छेउमै काठको बार र प्लास्टिकको छानोका दुई छाप्रामध्ये एउटामा गोपालको परिवार बस्थ्यो, अर्कोमा अन्य ४ जना । फाँटामा दिउँसैदेखि पानी परिरहेको थियो ।

शुभकामना

राति १२ बजेतिर मेरो चारमहिने बच्चा ब्युँझियो, प्लास्टिकबाट पानी चुहियो, दुई/तीन थोपा बच्चाको शरीरमा पर्‍यो,’ बिहीबार रातिको घटनाबारे सरस्वतीले भनिन्, ‘बाहिर बम पड्केझैं ठूलो आवाज आयो, त्यतिबेला नै पहिरोले सँगैको छाप्रो बगाएछ ।’

सरस्वतीले त्यहीबेला श्रीमान् गोपाललाई ब्युँझाएर बाहिर हेर्न लगाएकी थिइन् । अँध्यारो रातमा गोपाल बाहिर गए तर केही नदेखेर फर्किए । सरस्वतीको मनले मानेन । फेरि दुवै जना बाहिर गएर हेर्दा छेउको छाप्रो ढुंगा र माटोले पुरिएको थियो । ‘सुरुमा पहिरो आएछ, त्यसैमाथि ठूलो रूख पनि ढलेछ,’ सरस्वतीले भनिन्, ‘साँझ सँगै खाना खाएर सुतेका चारै जना पहिरोमा पुरिए ।’ त्यसपछि उनीहरूले नजिकै रहेका अन्य नेपाली र प्रहरीलाई खबर गरे । आधा घण्टामै प्रहरी पुगे । बिहान ५ बजे मात्रै मृतकहरूको शव भेटियो ।

पहिरोमा परी मृत्यु हुनेमा चितवन माडी नगरपालिका–२ शीतलनगरका पूर्ण नेपाली, तुलबहादुर परियार र कृष्णबहादुर परियार छन् । तुलबहादुर र कृष्ण मामा–भान्जा हुन् । तुलबहादुर सरस्वतीका मामा–ससुरा पर्छन् । उनीहरू तीनै जनाको रुद्रप्रयागस्थित सरकारी अस्पतालमा पोस्टमार्टम गरिएपछि आफन्तले शव बुझेको दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर उमाप्रसाद चतुर्वेदीले बताए । पहिरोमा परी मृत्यु भएका अर्का नेपाली दैलेखका दीपक बुढाको पनि पोस्टमार्टम भइसकेको छ । उनको शव पनि आफन्तले बुझेको चतुर्वेदीले बताए ।

गत वैशाखमा गोपालले नै बनाएको छाप्रोलाई पहिरोले पुरेको हो । छाप्रो बनाएको एक/डेढ सातामै मामासहितको टोली आएपछि उनले अर्को छाप्रो बनाएका थिए । उनीहरू फाँटा क्षेत्रमा डकर्मीको काम गर्थे । गोपालको परिवार पनि ज्याला मजदुरीको काम गर्दै आएको छ । ‘बस्ने अलग अलग हो, खाना सबै सँगै खाने गर्थ्यौं,’ सरस्वतीले भनिन्, ‘दिनभरि पानी परेकाले सबै घरमै थियौं ।’ उनका अनुसार दैलेखका बुढा भने एक/डेढ साताअघि मात्रै फाँटामा पुगेका थिए । तुलबहादुरसँगै चिनाजानी भएका कारण उनी पनि काम गर्ने गरी आएको सरस्वतीले बताइन् ।

२०८१ भाद्र ८, शनिबार ०१:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय