फोकस नेपाल ,महोत्तरी । मटिहानी नगरपालिकाले राम माध्यमिक विद्यालय मटिहानीको कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेको छ।
यसैबीच नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्री माननीय श्री शरत सिंह भण्डारीज्यूले एक कार्यक्रमबीच आज छात्राहरुलाई साइकल वितरण गर्नुभयो ।
शुभकामना

त्यसै क्रममा साईकल बितरण गर्नुहुदै मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मण्डलज्यूले गुणस्तरीय शिक्षाका लागि सबैको सहयोग आवश्यक रहेको भन्नुहुदै छात्रालाई उच्च शिक्षामा पहुँच बढाउन साइकल बितरण कार्यक्रम पालिकाले ल्याएको भन्नुभयो ।
विद्यालयमा सहजरुपमा पुग्न र पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले पालिकाले विगत ६ बर्ष देखि कक्षा ११ का छात्राहरुलाई साइकल वितरण गर्दै आएको छ ।
श्री राम माध्यमिक विद्यालय मटिहानीमा कक्षा ११ मा अध्ययनरत ६२ जना छात्रालाई सो साइकल बितरण गरिएको कुरा प्रधानाध्यापक श्री श्रीश कुमार मिश्राज्यूले बताउनु भयो ।
मटिहानी नगरपालिका वड़ा नं. ८ का वड़ा अध्यक्ष श्री रितेश साहज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री मुकुन्द प्रसाद निरौलाज्यू, सह -सचिव श्री डण्डू राज अधिकारीज्यू, महानिर्देशक श्री सूर्य बहादुर खत्रीज्यू, महोत्तरी जिल्लाका सहायक प्र.जि.अ. श्री उपेन्द्र न्यौपानेज्यू, सशस्त्र प्रहरी उपरीक्षक श्री विनोद केसीज्यू, राष्ट्रिय अनुसन्धान अधिकृत श्री सुकित चौधरीज्यू, लोसपा नेपाल पार्टीका नेता ज्ञानु झाज्यू, वड़ा अध्यक्ष कलीम अंसारीज्यू, नाजिर मियाँज्यू, विभिन्न पार्टीका पार्टी प्रतिनिधिज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, वड़ा सदस्यज्यूहरू, अभिभावक एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
बिद्यालयमा कक्षा ११ मा मटिहानी समरदही , बहुरवा,सुगा,पर्सा पटैली, सिरसिया ,धिरापुर र धनुषा जिल्लाका तुल्सियाही मुखियापट्टी ,मुसरनिया लगायका क्षेत्र छात्र-छात्राहरु अध्ययनरत रहेका छन ।














