बिबेक कुमार महतो, गौशाला । महोत्तरीको मटिहानीबाट भारतीय नक्कली नोट सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको मधुवनी बेनीपट्टी कटैया बस्ने बर्ष ३५ को सुनिल कुमार शास्त्री र सितामढी चोरौत पूर्वी वडा न.१ बस्ने वर्ष २४ को मनिष कुमार पासवान रहेको प्रहरीले जनाएको छ ।
शुभकामना

घटना बारे दुबै जनाको महोत्तरी जिल्ला अदालतबाट ७ दिने म्याद थप गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखि मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा थप अनुसन्धान गरि रहेको प्रहरी नायव उपरीषक सन्तोष कुमार पोखरेलले बताए ।














