फोक्स नेपाल , जनकपुरधाम । धनुषा प्रहरीले प्रतिनीधिसभा सदस्य उम्मेदवार जुली महासेठसहित आधा दर्जन उम्मेदवारहरुको करिब एक दर्जन गाडी नियन्त्रणमा लिएको छ ।
निर्वाचन आचार संहिताको उलंघन गरेको भन्दै धनुषा प्रहरीले एमालेकी जुली महासेठसहित आधा दर्जन उम्मेदवारहरुको गाडी नियन्त्रणमा लिएको हो ।
शुभकामना

शनिबार निर्वाचन आचारसंहिता विपरित साईजभन्दा ठुलो फ्लैक्स बैनर छपाएर गाडीमा झुण्डाउँदै प्रचारमा गएपछि जुली महासेठसहित उनीसँगै लडेका जसपाका जीतेन्द्र यादवको पनि गाडी प्रहरीले पक्राउ गरेको हो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनीधिसभाको लागि एमालेबाट जुली महासेठ, लोसपाबाट अनिल झा, धनुषा ३ (क) का जीतेन्द्र यादव, (ख) का दिपेन्द्र ठाकुर, (क) बाट काँग्रेसका रामसरोज यादव लगायतको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको हो ।
आचारसंहिताविपरीत सवारी साधनमा ठुला–ठुला ब्यानर झुण्ड्याएक, अत्यधिक ध्वनी प्रदुषण हुनेगरि डिजेमा प्रचारप्रसार गरेकोलगायतका गतिविधिहरु गरेकोले नगरभित्रका विभिन्न चोकहरुबाट नेपाली तथा भारतीय नम्बरप्लेटका सवारी साधनहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।
डिएसपी क्षेत्रीले सो बिषयबारे थप अनुसन्धान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मा लगाइएको बताए । मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले उक्त घटनाबारे अनुसन्धान सुरु भएको बताए ।

निर्वाचन आयोगले यसअघि कार्तिक १२ गते पनि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार महतोलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।














