वीरगन्ज,मंसिर १६ गते । वीरगन्जबाट प्रहरीले लागू औषध चरेससहित एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ५ धोबिनी गाँउ घर भएका ४८ वर्षीय सम्सुल मियाँ रहेका छन् ।
मंगलबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १५ प्रतिमा चोक स्थित सडकमा पैदल हिड्दै गरेका मियाँलाई शंका लागेर प्रहरीले खानतलासी गरेको थियो । त्यसक्रममा मियाँले बोकेको कालो रंगको प्लाष्टिकको झोलाबाट लागू औषध चरेस १० केजी बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

चरेससहित पक्राउ गरिएका मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनिविरुद्ध लागू औषध सम्बन्धि कसूरमा अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।















