बृहत् रक्तदान कार्यक्रम

जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा टिकटक भिडियो बनाउन गएका एक युवकलाई रामधुलाई गरिएको छ ।

राजा जनककी कुल देवी भनिएको राजदेवी मन्दिरमा आयोजक समितिले समेत टिकटक बनाउन निषेध गरिएको बेला टिकटक बनाउन गएपछि धीरुभाई नामक युवकलाई रामधुलाई गरिएको हो ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

टिकटकमा धीरुभाई नाम राखेर चलाउने धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर १ बघवन बस्ने ती युवकलाई टिकटकमा निगरानी राख्ने युवकहरुले उनलाई कुटपिट गरेको हो ।

हिन्दुहरुको आस्थाको केन्द्र रहेको राजदेवी मन्दिरमा दर्शनार्थीहरुको भीडमा धीरुभाईले नियम निष्ठालाई मिचेर टिकटक भिडियो बनाउन खोजेपछि सामुहिक रुपमा कुटपिट गरिएको हो ।

अश्लिल प्रकारको भिडियोहरु बनाएर टिकटक कम्यूनिटीमा चर्चामा आएका धीरुभाईलाई टिकटक बन्द अभियानकर्ताहरुले कुटपिट गरेको हुनुपर्ने बुझिएको छ ।

आयोजक समिति रहेको महावीर युवा कमिटिका स्वयँसेवकले उनलाई कुटपिट गरेको हुन सक्ने भनिएपनि कसले कुटपिट गरेको भन्ने बारे यकिन हुन सकेको छैनन् ।

भिडियोमा देखिए अनुसार उनलाई सामुहिक कुटपिटपछि राजदेवी मन्दिरबाट धक्का दिएर निकालिरहेको छ । दुई स्वयँसेवक जस्तो देखिने युवकले उनको माला समेत चुँडेर उठाएर बाहिर फाल्दै गरेको देखिएको छ ।

जानकारी अनुसार, यो घटना गएरातीको हो । मन्दिरभित्रै टिकटक बनाउन खोजेपछि उनलाई धुलाई गरिएको जनाइएको छ ।

२०७९ आश्विन १७, सोमबार ०९:३६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय