शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सर्लाही । सरकारको सम्पूर्ण ध्यान भोटेकोशी बाढीपीडितको उद्धार तथा राहत त्रिभुवननगर नाकामा खुलेयाम तस्करीव्यवस्थापनमा केन्द्रित भइरहेका बेला सर्लाहीको त्रिभुवननगर नाकाबाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप सार्वजनिक भएको छ। स्थानीयका अनुसार पछिल्लो तीन सातादेखि नाकाबाट भन्सार छली गरी विभिन्न सामान नेपाल भित्र्याउने तथा सीमापार लैजाने गतिविधि बढेको छ।

स्थानीय स्रोतका अनुसार उक्त नाकाबाट तस्करीको ‘लाइन’ पाउने कारोबारमा राजकिशोर यादव, रामनरेश मण्डल, संजय साह र उमेश साह मुख्य रूपमा संलग्न रहेको दाबी गरिएको छ। उनीहरूले प्रहरी तथा सशस्त्र प्रहरीसँगको मिलेमतोमा सामान ओसारपसार गरिरहेको आरोप स्थानीयले लगाएका छन्।यद्यपि, ती व्यक्तिहरू तस्करीमा संलग्न रहेको आरोप स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

स्थानीयका अनुसार नाकाबाट भइरहेको अवैध कारोबारका कारण राज्यले दैनिक ठूलो मात्रामा राजस्व गुमाइरहेको छ। सीमा क्षेत्रमा भन्सार तिरेर वैधानिक रूपमा व्यापार गर्ने व्यवसायी प्रभावित भइरहेका बेला अवैध रूपमा सामान भित्र्याउने गतिविधिले राज्यको राजस्व प्रणालीमाथि समेत प्रश्न उठाएको छ।

हाल त्रिभुवननगर प्रहरी प्रमुखको जिम्मेवारीमा वरिष्ठ सई जेजंग कार्की र सशस्त्र प्रहरी बलको सम्बन्धित बीओपीमा सशस्त्र प्रहरी निरीक्षक नारायण अधिकारी रहेका छन् । स्थानीयले दुवै सुरक्षा निकायका जिम्मेवार अधिकारीमाथि तस्करी नियन्त्रणमा पर्याप्त चासो नदिएको तथा अवैध कारोबारमा संलग्न व्यक्तिलाई साथ र सहयोग गरेको आरोप लगाएका छन्।

सीमावर्ती क्षेत्रमा सुरक्षा निकायको जिम्मेवारी केवल नाकाको सुरक्षा गर्नु मात्र नभई भन्सार छली, अवैध ओसारपसार र संगठित तस्करी नियन्त्रण गर्नु पनि हो। त्यसैले स्थानीयले उठाएको आरोपमाथि सम्बन्धित सुरक्षा निकायले गम्भीर छानबिन गर्नुपर्ने आवश्यकता देखिन्छ।यदि सुरक्षा निकायकै संरक्षणमा तस्करी भइरहेको आरोप पुष्टि भयो भने यो व्यक्तिगत कमजोरीमा सीमित विषय रहँदैन। यसले सीमा सुरक्षाको संरचना, राजस्व प्रशासन र राज्यको निगरानी प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गर्नेछ।

सीमावर्ती क्षेत्रमा तस्करी मौलाउनका लागि केवल तस्कर सक्रिय भएर पुग्दैन। सामान प्रवेश गर्ने मार्ग, समय, सुरक्षा निगरानीको कमजोरी र सम्भावित संरक्षणको संयोजन आवश्यक पर्छ।त्यसैले पछिल्लो तीन सातादेखि ठूलो परिमाणमा तस्करी भइरहेको स्थानीयको दाबी सत्य हो भने कुन–कुन स्थानबाट सामान प्रवेश भइरहेको छ, कुन समयमा सुरक्षा निगरानी कमजोर हुन्छ, कसले सामान ढुवानी गर्छ र राजस्व छलीबाट कति रकम राज्यले गुमाइरहेको छ भन्ने विषयमा अनुसन्धान आवश्यक हुन्छ।भोटेकोशी बाढीपछि ठूलो संख्यामा सुरक्षाकर्मी उद्धार तथा राहतमा परिचालित छन्। यस्तो अवस्थामा अन्य संवेदनशील सीमा क्षेत्रमा सुरक्षा निगरानी कमजोर बनेको हुनसक्ने सम्भावनालाई पनि सुरक्षा निकायले नजरअन्दाज गर्न मिल्दैन।

त्रिभुवननगर नाकामा अहिले उठेको प्रश्न यही हो, विपद्का कारण राज्यको ध्यान अन्यत्र केन्द्रित हुँदा सीमा क्षेत्रमा तस्करीको ‘स्पेस’ बढेको त छैन?यस विषयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालयले संयुक्त रूपमा अनुगमन गरी वास्तविक अवस्था सार्वजनिक गर्न सके आरोप र वास्तविकताबीचको दूरी स्पष्ट हुनेछ।राजस्व चुहावट नियन्त्रण गर्नु राज्यको नियमित दायित्व हो। त्यसैले बाढी उद्धारको राष्ट्रिय प्राथमिकताबीच पनि सीमाबाट भइरहेको तस्करीलाई बेवास्ता गर्ने छुट कुनै सुरक्षा निकायलाई छैन।

२०८३ भाद्र २२, सोमबार ०३:५७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय