शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

यादव सेवा समाज कतारले श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर नयाँ कार्यसमिति चयन गरेको छ। समाजको अध्यक्ष पदमा शिवनाथ यादव निर्विरोध निर्वाचित हुनुभएको छ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित विशेष कार्यक्रममा समाजको नयाँ नेतृत्व चयन गरिएको हो। अध्यक्षमा निर्विरोध निर्वाचित यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै समाजको संस्थागत विकास, यादव समुदायबीचको एकता, सामाजिक सद्भाव तथा सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

नयाँ कार्यसमितिमा अर्जुन यादव उपाध्यक्ष, सियाराम यादव महासचिव, बिरेन्द्र यादव सचिव, शेम्भु प्रसाद यादव सचिव, विजय यादव कोषाध्यक्ष, शिव कुमार यादव सह–कोषाध्यक्ष चयन हुनुभएको छ।

त्यसैगरी बालेश्वर यादव युवा संयोजक र दीपक यादव मिडिया को–अर्डिनेटरको जिम्मेवारीमा चयन हुनुभएको छ। सदस्यहरूमा रवीन्द्र यादव, सूर्यनाथ यादव, लोकेन यादव, दिनेश अरगरिया, पप्पु यादव र राजेन्द्र प्रसाद यादव चयन हुनुभएको छ।

नयाँ कार्यसमिति चयनसँगै यादव सेवा समाज कतारले आगामी दिनमा समुदायका सदस्यहरूको हित, आपसी सहकार्य, सामाजिक सेवा तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा थप सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा यादव सेवा समाज कतारका निवर्तमान अध्यक्ष भोगेन्द्र यादवसहित समाजका विशिष्ट व्यक्तित्वहरू मनिष यादव र रामबाबु यादव लगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा निवर्तमान नेतृत्व तथा नवनिर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

श्रीकृष्ण जन्माष्टमीको शुभ अवसरमा निर्विरोध अध्यक्ष निर्वाचित शिवनाथ यादवसहित सम्पूर्ण नयाँ कार्यसमितिलाई सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गरिएको छ।

नवनिर्वाचित कार्यसमिति
अध्यक्ष: शिवनाथ यादव
उपाध्यक्ष: अर्जुन यादव
महासचिव: सियाराम यादव
सचिव: बिरेन्द्र यादव
सचिव: शेम्भु प्रसाद यादव
कोषाध्यक्ष: विजय यादव
सह–कोषाध्यक्ष: शिव कुमार यादव
युवा संयोजक: बालेश्वर यादव
मिडिया को–अर्डिनेटर: दीपक यादव
सदस्य: रवीन्द्र यादव
सदस्य: सूर्यनाथ यादव
सदस्य: लोकेन यादव
सदस्य: दिनेश अरगरिया
सदस्य: पप्पु यादव
सदस्य: राजेन्द्र प्रसाद यादव
जय श्रीकृष्ण । 🙏🌺

२०८३ भाद्र २१, आईतवार ०७:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय