बृहत् रक्तदान कार्यक्रम

फोक्स नेपाल ,संवाददाता । सर्लाहीमा स्कारपिओको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

सोमबार दिउँसो करिब ३ बजे मलंगवा नगरपालिका ४ शिवसागर चौक स्थित मलंगवा–नवलपुर सडक खण्डमा स्कारपिओको ठक्करबाट ईश्वरपुर नगरपालिका १४ बस्ने हिरालाल मण्डलको करिब ४ वर्षीय छोरा निशान्त कुमार मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

मलंगवाबाट नवलपुरतर्फ जादै गरेको चक्रघट्टा गाउँपालिकाको नाममा रहेको ना १ झ १७०० नंम्बरको स्कारपियोले ठक्कर दिँदा बालकको टाउको र शरिरको विभिन्न भागमा चोट लागि गम्भिर घाईते भएका थिए ।

बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाईएकोमा करिब साढे ३ बजे डक्टरले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय कुमार यादवले जानकारी दिए ।

ठक्कर दिने स्कारपिओ र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

२०७९ आश्विन २४, सोमबार १४:४१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय