शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पौष १३ गते रामगोपालपुर न. पा० द्वारा प्रथम पटक प्रकाशित विज्ञापन २०८१/०८/०४ को सन्दर्भमा, पटक-पटक कम्प्युटर सहायक अपरेटरहरु भर्ना गरि सकको तर हाल पनि अपरेटरको काम नहुँदा पनि अनावश्यक आर्थिक भार पर्ने गरी विज्ञापन नं.३०८२/०८३ मा आफ्नो मान्छे अनिषा कुमारी मण्डललाई भर्ना गर्न कम्प्युटर अपरेटर पाँचौ तहको लागि विज्ञापन को सूचना प्रकाशित गरेको मार्थ करार पदपुर्ती समितीमा विद्यालयमा रहेको शिक्षा देव नरायण सिंह र करार कर्मचारी शैलेश यादव सहितको समिती बनाइएको छ ।

तर स्थानीय सेवा (गठन तथा संचालन) ऐन २०८१ को परिच्छेद ३ को दफा ७ को उपदफा ५ बमोजिम कार्य पुरा नगरी सहायक चौथो तहको ९ (नौ) वटा ९ (नौ) वडामा र लेखा शाखामा १ जना गरी जम्मा १० जना सहायक कम्प्युटर अपरेटर रहेको र शुरु देखि दिलिप कुमार साह कम्प्युटर अपरेटरहरु पदमा कार्यरत हुदा हुदै पनि पुनः कम्प्युटर अपरेटर पाँचौमा विज्ञापन गरिएको छ। उक्त  सन्दर्भमा सुक्ष्म छानविन गरी आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग माग गरेका छन् ।

शुभकामना

विज्ञापन नं. ४ ०८२/०८३ (सत्र इन्जिनियर इलेक्ट्रिकल) स्थायी दरबन्दी नरहेको र स्थानीय सेवा गठन तथा संचालन ऐन २०८१ को परिच्छेद्र ३ दफा ७ को उपदफा ५ बमोजिम प्रक्रिया पुरा नगरी आफ्नै मान्छे गोकर्ण साहलाई भर्ना गर्नको लागी सुचना प्रकाशित गरेको हुनाले सो रद्द गरि कारवाही गर्नुका लागी  स्थानीय युवाले अनुरोध समेत गरेका छन् ।

विज्ञापन नं.५ ०८२/०८३ मिभिल समूह तह पाँचौको स्थायी रिक्त दरबन्दीमा स्थायी कर्मचारी मागको सुचना प्रकाशित गर्नु पर्नेमा सो रिक्त दरबन्दीमा विज्ञापन गरी, इन्जिनियरिङ सेवा र सिभिल समूह तह पाँर्चामा आफ्नो मान्छे कि राजु यादव र साजन कुमार वैठालाई भर्ना गर्नका लागी विज्ञापन गरिएको खुलेको छ ।

यस सन्दर्भमा स्थायी दरवन्दीको पदमा करार कर्मचारी राख्ने कुनै कानुनमा प्रष्ट व्यवस्था नदेखिएको हुनाले सो विज्ञापन विसुदह रुपमा आफ्नो मान्छे भर्ना गर्ने गैर कानुनी क्रियाकलाप साथै विज्ञापन गर्ने वक्तनै माथि उल्लेखित व्यक्तिहरुको करारमा भर्ना गर्नु व्यापक जनसमुदायमा हल्ला हुनु नै भष्ट्राचार भएको देखिएको हुनाले तत्काल आवश्यक कारवाहीको लागि स्थानीय युवाहरूले माग गरेका छन् ।

२०८२ पुष १३, आईतवार ०४:४०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय