फोकस नेपाल ,पुस १३ गते । जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकीकरणको निर्णय सार्वजनिक भएसँगै मधेस–केन्द्रित राजनीतिमा पुनः बहस चुलिएको छ। नेतृत्व तहले यसलाई “मधेसको शक्ति एकीकरण”को रूपमा प्रस्तुत गरे पनि आम जनतामा भने फेरि पुरानै खेल दोहोरिने हो कि भन्ने संखा देखिएको छ।
अघिल्ला वर्षहरूमा पटक–पटक भएको विभाजन, पद र भागबण्डाको विवाद, तथा जनताका मुद्दा ओझेलमा पारिँदै आएको इतिहासले एकीकरणप्रति विश्वास कमजोर बनाएको छ। चुनाव नजिकिँदा एक हुने, सत्ता समीकरण फेरिँदा फेरि टुट्ने प्रवृत्तिले मधेसका मतदातालाई बारम्बार अलमलमा पारेको आरोप लाग्दै आएको छ।
शुभकामना

जनता अहिले नाम र झण्डा बदल्ने होइन, शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका समस्या र सुशासनमा ठोस परिणाम चाहन्छन्। तर नेतृत्वको प्राथमिकतामा अझै पनि शक्ति सन्तुलन र कुर्सी गणित हाबी देखिएको टिप्पणी राजनीतिक विश्लेषकहरूको छ।
यसकारण, जसपा–लोसपा एकीकरणको निर्णयले मधेस राजनीतिलाई नयाँ दिशा दिने कि फेरि जनतालाई आश्वासनमै अल्झाउने—यसको वास्तविक परीक्षा अब व्यवहार र कार्यान्वयनमै हुनेछ। जनता परिणाम खोजिरहेका छन्, केवल घोषणाले मात्रै विश्वास फर्किँदैन।














