फोकस नेपाल ,पौष १५ गते । धनुषाको औरही गाउँपालिकामा काज फिर्ता हुने सि. अहेब कर्मचारी अधिकृत छन् । स्वीकृत दरबन्दीभन्दा बढी रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई काज फिर्ता गर्ने निर्णय गरेपनि सि.अहेब अशोक कुमार यादव अधिकृत बसेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार गाउँपालिकाले मिति २०८० साउन १ गतेदेखि लागू हुने गरी काज फिर्ता गर्ने निर्णय गरेको हो।
शुभकामना

यसै निर्णयअनुसार सि.अ.हे.व. छैठौं अशोक कुमार यादवलाई पनि आफ्नो दरबन्दी कायम रहेको कार्यालयमा फिर्ता जान निर्देशन दिइएको थियो। तर काज फिर्ता गरिएका अशोक यादवलाई हाल औरही गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ।
गाउँकार्यपालिकाको कार्यालयले जारी गरेको पत्रअनुसार काज फिर्ता नजाने स्वास्थ्यकर्मीलाई तलब, भत्ता तथा कुनै पनि सेवा सुविधा उपलब्ध नगराइने स्पष्ट गरिएको छ। यस निर्णयपछि स्थानीय तहमा कर्मचारी व्यवस्थापन थप चासोको विषय बनेको छ।
स्थानीय स्रोतका अनुसार, काज फिर्ता गरिएको कर्मचारीलाई नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइनुले प्रशासनिक निर्णय र कार्यान्वयनप्रति प्रश्न उठेको छ।














