रौतहट ,पौष २१ गते । रौतहट जिल्लाको बौधिमाई नगरपालिका-१ स्थित भुवाली चौकमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। EV गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
प्राप्त जानकारीअनुसार बौधिमाई नगरपालिका–२ इनर्वा निवासी दिपेन्द्र बैठाको EV गाडी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल भुवाली चौकमा ठोक्किएका थिए। ठक्कर यति भीषण थियो कि मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।
शुभकामना

दुर्घटनापछि घटनास्थलमा स्थानीयवासीको भीड लागेको थियो भने खबर पाएलगत्तै प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। मृतकको पहिचान तथा दुर्घटनाको कारणबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
यस दुःखद घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ।
सवारी साधनको तीव्र गति र लापरबाहीका कारण यस्ता दुर्घटनाहरू बढ्दै गएकाले सबै चालकलाई ट्राफिक नियम पालना गर्न सरोकारवालाहरूले आग्रह गरेका छन्।














