शिव मारुती ज्वेलर्स

महोत्तरी ,गौशाला । महोत्तरीको गौशालास्थित धार्मिक आस्था र श्रद्धाको केन्द्र मानिने दुर्गा मन्दिर पछिल्ला दिनमा सवारी साधनको अव्यवस्थित पार्किङ स्थलमा परिणत भएको स्थानीयवासीको गुनासो छ। मन्दिर परिसरभित्रै मोटरसाइकल, स्कुटर तथा अन्य सवारी साधन अनियमित रूपमा पार्क गरिन थालेपछि मन्दिरको धार्मिक गरिमा, सौन्दर्य र वातावरण नै प्रभावित बन्दै गएको छ।

मन्दिरलाई आकर्षक र आधुनिक देखाउन लाखौँ रुपैयाँ लागतमा टायल्स र मार्बल जडान गरिएको भए पनि उचित व्यवस्थापन र निगरानीको अभावमा त्यसले अपेक्षित प्रभाव छोड्न सकेको छैन। धुलो–मैलो, भीडभाड र अव्यवस्थित पार्किङका कारण मन्दिर परिसरको सौन्दर्य दिनदिनै हराउँदै गएको स्थानीयको भनाइ छ।

शुभकामना

पूजा–आराधनाका लागि आउने भक्तजनहरू समेत सवारी साधनले छेकेर असहज हुने गरेको बताउँछन्। “मन्दिर जस्तो पवित्र स्थानलाई पार्किङ स्थल बनाइनु अत्यन्तै दुःखद कुरा हो,” ।

सम्बन्धित दुर्गा मन्दिर व्यवस्थापन समिति र स्थानीय निकायले यस विषयमा पर्याप्त ध्यान नदिएको भन्दै स्थानीयवासी चिन्तित छन्। धार्मिक आस्थामाथि थप आघात नपुगोस् भनेर उनीहरूले मन्दिर परिसरभित्र सवारी निषेध, व्यवस्थित पार्किङ क्षेत्र निर्माण, तथा सौन्दर्य संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।

स्थानीयहरूका अनुसार दुर्गा मन्दिर समितिको उदासीनता र बेवास्ता नै वर्तमान अव्यवस्थाको मुख्य कारण बनेको छ।

२०८२ पुष २८, सोमबार १३:४०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय