फोकस नेपाल , माघ ०७ गते । श्री जनता माध्यमिक विद्यालय, ईश्वरपुर–१४ श्रीनगरका विद्यार्थीहरू कक्षाकोठामा बसेर पढाइको साटो टिकटक बनाउनमै व्यस्त देखिनु अत्यन्तै चिन्ताजनक छ।
विद्यार्थीहरू पोसाकमै कक्षाभित्र भिडियो खिचिरहेका बेला विद्यालय प्रशासन, प्र.अ. र शिक्षकहरू कहाँ छन्? अभिभावकले पनि एकपटक सोच्नैपर्ने भयो , “मेरा छोराछोरी विद्यालयमा के सिक्दैछन्? पढ्दैछन् कि टिकटककै क्यानभास बनेका छन्?”विद्यालय भनेको ज्ञान–अनुशासन सिकाउने पवित्र स्थान हो, मनोरञ्जन केन्द्र होइन।यदि कक्षाकोठामा नै यस्तो खुलेआम दुव्र्यवहार भइरहेको छ भने विद्यालय परिवारले तत्कालन कारबाही किन नगर्ने?
शुभकामना

अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन—तीनै पक्ष जबसम्म गम्भीर हुँदैनन्, यस्ता गतिविधिले शिक्षण–सिकाइको स्तर भताभुंग बनाउँदै लैजान्छ।
अब पनि विद्यालयले कडा कदम चाल्नुपर्ने, नियम कडाइका साथ कार्यान्वयन गर्नुपर्ने र विद्यार्थीलाई अनुशासनमा फर्काउने काम तत्काल हुन जरुरी छ।
नत्र भने शिक्षा होइन, विद्यालय केवल टिकटक स्टूडियो बन्ने खतरा बढ्दैछ।
विद्यालयको समयमै विभिन्न भोजपुरी गितमा गलत गलत हाउभाउ सहित को कक्षाकोठा मै टिकटक बनाउदै गरेको फेला परेको छ














