शिव मारुती ज्वेलर्स

धनुषा । मकर संक्रान्तिको अवसरमा आयोजित धनुषाधाम मेलामा भक्तजनको ठूलो भीड लागेको छ। तर मन्दिरको पूर्वी गेटदेखि नगरपालिकाको गेटसम्मको सडक हिलोले भरिँदा श्रद्धालुहरू गम्भीर सास्ती भोग्न बाध्य भएका छन्।

हिलोका कारण पैदलयात्री, वृद्धवृद्धा र बालबालिकालाई आवतजावत गर्न कठिन भएको छ भने सवारी साधनसमेत फस्ने अवस्था देखिएको छ।

शुभकामना

यस्तो अव्यवस्थाले धार्मिक मेलाको गरिमा घटाएको भन्दै भक्तजनहरूले मेला व्यवस्थापन समिति र धनुषाधाम नगरपालिकाप्रति असन्तोष व्यक्त गरेका छन्।
हरेक वर्ष मेला लाग्ने स्थानमा समेत पूर्वतयारी नहुनु दुःखद भएको स्थानीयको गुनासो छ। समयमै सडक व्यवस्थापन, हिलो नियन्त्रण र सुरक्षित आवतजावतको व्यवस्था गर्न नसक्नु प्रशासनिक लापरवाहीको उदाहरण भएको उनीहरूको भनाइ छ।

भक्तजनको सुरक्षा र धार्मिक पर्यटनको प्रतिष्ठा जोगाउन तत्काल सुधारात्मक कदम चाल्न सम्बन्धित निकायसँग माग गरिएको छ।

२०८२ माघ १३, सोमबार ०२:२३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय