रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी सवार एक बस दुर्घटना हुँदा १० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
परासीबाट विद्यार्थी लिएर फर्किँदै गरेको लु १ ख ८६७५ नम्बरको बस आज बिहान करिब साढे पाँच बजेतिर बसन्तपुरस्थित टोल गेट नजिक ट्र्याक्टरसँग ठोक्किँदा दुर्घटना भएको हो।
शुभकामना

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिए। अस्पतालमै रहेका अध्यक्ष यादवका अनुसार केही घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ र उपचार जारी छ।
दुर्घटनाको कारण तथा घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।














