शिव मारुती ज्वेलर्स

फोकस नेपाल , माघ २१ गते । महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा सरकारी सार्वजनिक जग्गा (पोखरी) व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। साविक ईटहर्वाकट्टी गाविस–३ स्थित कित्ता नम्बर १२७ को ५ कठ्ठा १२ धुर जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा पुर्‍याएको ठहर गर्दै अख्तियारले सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार नापीका बखत फिल्डबुकमा ‘पर्ती प्रमाणित’ र विरहमा ‘पोखरी’ उल्लेख भएको उक्त सरकारी जग्गालाई मालपोतका कर्मचारीले राजिव कुमार ठाकुरको नाममा दर्ता गरिदिएका थिए। कर्मचारीले मालपोतको मूल मोठ स्रेस्तामा अनाधिकार रूपमा सच्याउने, केरमेट गर्ने र थपघट गरी २०८० साउन ८ गते मात्रै कम्प्युटर प्रणालीमा प्रविष्ट गरेको पाइएको अनुसन्धानले देखाएको छ।

शुभकामना

सरकारले छुट जग्गा दर्ताको कुनै सूचना वा निर्णय नगरेको अवस्थामा पनि नासु परमानन्द साह र कम्प्युटर अपरेटर रविन्द्र कुमार सिंहले आपसी मिलेमतोमा जग्गाधनी स्रेस्ता र पुर्जा तयार गरेको अख्तियारले जनाएको छ।

भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरको मूल्यांकन अनुसार उक्त जग्गाको मूल्य प्रति कठ्ठा ३ लाखका दरले जम्मा १७ लाख २५ हजार रुपैयाँ कायम गरिएको छ। सोही रकमलाई बिगो मान्दै अख्तियारले नासु परमानन्द साह र कम्प्युटर अपरेटर रविन्द्र कुमार सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बराबरको जरिवाना सजाय माग गरेको छ।

२०८२ माघ २२, बुधबार १३:२६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय