काठमाडौँ ,मंसिर २ । ललितपुरको स्टाफ कलेज नजिक भेटिएको संकास्पद बस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
सत्ता गठबन्धनको सम्पर्क कार्यालयमा बिहीबार बिहान भेटिएको बमजस्तो देखिने बस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको हो ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

तार जोडिएको प्रेसर कुकरमा ‘निर्वाचन बहिष्कार’ लेखिएको थियो । उक्त बस्तु तर्साउनका लागि राखिएको र नेपाली सेनाको निष्कृय पारिसकेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
यसअघि गृहमन्त्रालयले नेक्रविक्रम चन्द विप्लवसहितका साना–ठूला २५ समूह निर्वाचन बहिस्कारमा सक्रिय रहेको निष्कर्ष निकालेको थियो ।उक्त वस्तु निर्वाचन बहिस्कार गर्न सक्रिय समूहहरुले राखेको प्रहरीको निष्कर्ष छ।















