शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,संवाददाता । बारामा बस दुर्घटना भएको छ । चितवनको नारायणगढबाट पथलैया हुँदै वीरगञ्ज जाँदै गरेको बा०६–००१ ख ०११० नम्बरको बस आज बिहान साढे १० बजेतिर बाराको अमलेखगन्जमा दुर्घटना भएको हो ।

दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी अाए पनि यकीन पुष्टि हुन सकेकाे छैन । बसमा सवारमध्येमा कम्तीमा १५ जना घाइते अवस्थामा रहेको बताइएको छ ।

शुभकामना

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको हो । दुर्घटनाको खबर पाएलगत्तै उद्धारका लागि प्रहरी टोली खटाएको छ । घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल र सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको जनाइएको छ । थप विवरण आउन बाँकी छ ।

२०७९ आश्विन २०, बिहीबार ०८:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय