शिव मारुती ज्वेलर्स

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । गौशाला नगरपालिका १ स्थित रामनगर मतदान केन्द्रबाट गणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।सर्वदलीय बैठकको निर्णय अनुसार प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको गणना एकैपटक सुरु गरिएको निर्वाचन अधिकृत गुणराज  श्रेष्ठले जानकारी दिए ।

बिहान १० बजे बसेको सर्वदलीय बैठकले १ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको थियो । दलहरुबीच समझदारी नहुँदा गणना सुरु गर्न ६ घन्टा ढिला भएको श्रेष्ठले बताए ।

शुभकामना

बर्दिवास नगरपालिका, गौशला नगरपालिका र भंगाहा नगरपालिकाको ४ वडा गरी कुल ३० वटा वडाको मत क्षेत्र नम्बर १ मा परेको छ । ९८ हजार ४ सय ९७ कुल मतदाता रहेको यो क्षेत्रमा ६५ हजार ४ सय १० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

२०७९ मंसिर ५, सोमबार १४:४४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय