शिव मारुती ज्वेलर्स

रौतहट । रौतहटको बृन्दावन नगरपालिका वडा नं- ६ हर्साहा टोलमा स्वास्थ्य चौकीको स्थापना भएको छ।

सोमबार एक कार्यक्रमका बीच सो टोलमा स्वास्थ्य चौकीको उद्घाटन गरिएसंगै स्वास्थ्य चौकी सन्चालनमा आएको छ।

शुभकामना

अहिलेसम्म स्वास्थ्य चौकी न रहेको हुदा स्वास्थ्य चौकीको अभावमा स्थानीयहरुलाई औषधि उपचार गराउन समस्या हुँदै आएको अवस्थालाई मध्य नजर गर्दै बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले स्वास्थ्य चौकी स्थापना गरि सन्चालनमा ल्याएका छन् ।
मेयर कुर्मी स्वास्थ्य चौकी उद्घाटन गरे संगै आजैदेखि उक्त स्वास्थ्य चौकी सन्चालनमा आएको छ।

गाउँमा पहिलो पटक स्वास्थ्य चौकी स्थापना हुदा अब औषधि उपचार गर्न बाहिर जानू पर्ने बाध्यता हटेको र अब आफ्नै गाउँ ठाँउमा सर्व सुल्भ स्वास्थ्य सेवा पाउने भन्दै स्थानीय बासी निकै हर्सित भएका छन्  ।

यो भन्दा अघिको मेयर रामस्नेही यादवले पाँच वर्षमा गर्न न सकेको काम हालको मेयर बिनोद प्रसाद कुर्मीले निर्वाचित भएको आठ महिनामै नागरिकको स्वास्थ्य संग प्रत्येक्ष सरोकार राख्ने स्वास्थ्य चौकी स्थापना गरि इतिहासिक एवं सराहनीय काम गरेको भन्दै स्थानीयहरु मेयर कुर्मीको खुलेर प्रशंसा गर्न थालेका छन् ।

२०७९ मंसिर २०, मंगलवार ०२:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय