शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,संवाददाता । जनकपुरमा स्कुलको बसको ठक्करले पुजारीको मृत्यु भएको छ ।

धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा १ को मुसहरी टोलमा मंगलवार दिउँसो ४ बजे मोनाष्टिक स्कुलको बसले ठक्कर दिदाँ पुजारीको मृत्यु् भएको हो । धनुषा जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरका ७५ वर्षीय वृद्ध पुजारीको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुभकामना

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मोनाष्टिक माध्यमिक विद्यालयको ना १ क ३१२४ नम्बरको स्कुल बसले बाटो हिडदैँ गरेको जहरा दास लाई ठक्कर दिँदा दास(पुजारी)को घटनास्थलमा नै मृत्यु भएको धनुषा प्रहरीले बताएको छ । त्यस्तै स्थानीयकले बसले ब्याक गरेर दासको हत्या गरिएको आरोप लगाएका छन् ।

बस र बसचालक मनोज मिश्रलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान शुरु गरेको छ भने मृतक दासको शवपरीक्षणका लागि जनकपुर प्रादेशिक अस्पतालमा राखेको धनुषा प्रहरीले बताएको छ ।

२०७९ मंसिर २२, बिहीबार १४:४९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय