फोक्स नेपाल ,संवाददाता । स्व. नन्दलाल महतो स्मृति संस्थालाई महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकका ११ का वडा अध्यक्ष राम पृत महतो कोइरी एक सेट क्रिकेट खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।
गौशाला नगरपालिका वडा नम्बर १० स्थित रहेको खेल मैदानमा शनिवार देखि हुन लागेको स्व. नन्दलाल महतो स्मृति टि–ट्वान्टी क्रिकेट टुनामेन्टका लागि खेल सामाग्री हस्तान्तरण गरेको हो ।
शुभकामना

वडा अध्यक्ष महतोले सो–संस्थालाई व्याट, क्रिकेट बल, Knee Pad, Hand Glove, Bicket, Batting Leg-Guards, Batting Helmet सहितका खेलकुद सामाग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष देव नारायण महतोले जानकारी दिएको छ।














