शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

रामएकवाल राम,दोहा।सर्लाही प्रवासी सेवा समाज कतारको १४ औ स्थापना दिवसको अवसरमा शुभकामना अदान प्रदान तथा विविध संस्कृतिक कार्यक्रम सप्पन्न गरेको छ।

शुक्रबार समाज कतारको आयोजनामा सनैया स्थित हाईट हाउस रेस्टुरेन्टको सभाहलमा सप्पन्न संस्थाले १३ औ वर्ष पार गरि १४ औ वर्षमा प्रवेश गरेको अवसरमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी दिपावली तथा छठ पर्वको शुभकामना अदान प्रदान एव विविध संस्कृति कार्यक्रम तथा विभिन्न संघ संस्थाका प्रतिनिधि पत्रकार कालाकारहरुलाई खादा तथा प्रसंशा पत्रले सम्मान गरेको थियो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

अहिलेको आवश्यकता , सर्लाही प्रवासीहरुमा एकता भन्ने मुल नाराका साथ २००८ मा स्थापना भएको संस्थाले १३ औ वर्ष पार गरि १४ औ वर्षमा प्रवेश गरेको सुखद अवसरमा सो कार्यक्रमको आयोजना गरेको थियो।

संस्थाका अध्यक्ष प्रकाश आले मगरको सभापतित्वमा भएको कार्यक्रममा गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्य,संस्थाका प्रमुख सल्लाहकार श्री कुमार न्यौपाने, नेपाली समाज कतारको ईन्चार्ज मनिष यादवको विशिस्ट आतिथ्य तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कालाकार, पत्रकार बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुसलमानले संस्थाको १४ औ वार्षिक उत्सव लगायत विजया दशमी , दिवापली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम विभिन्न जिल्ला, प्रदेश , जातीय तथा बुद्धिजीवीहरुले आ- आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा सहिदहरु प्रती श्रद्धाञ्जली स्वरुप दिप प्रजनल गंरि एक मिनेट मौन धारण गरेको थियो।कार्यक्रममा संस्थाका द्वितीयउपाध्यक्ष मो. कलाम हुसेनले स्वागत मन्तव्य राखेको थियो।
कार्यक्रमलाई सम्मापन गर्दै सभापति मगरले संस्थाको निमन्त्रणालाई सहर्ष स्विकार्दै उपस्थित भएका सम्पूर्ण व्यक्तित्वहरु तथा कार्यक्रमलाइ सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याएका कालाकार , सहयोगी दाता, संस्थाका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्दै विजय दशमी दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए।संस्था संरक्षक सल्लाहकार सुजन बरालले कार्यक्रमको सहजीकरण गरेका थिए।

२०७९ आश्विन २२, शनिबार १०:१३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय