शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिंगदेनले पृथक शैलीमा पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको सपथ समारोहमा प्रायले ईश्वरको नाममा सपथ लिएका छन् ।

तर लिङ्देनले भने आमाको नाममा सपथ लिएका हुन् । ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्छु’ भन्दै उनले सपथ लिएका हुन् । उनले लिएको सपथको पानाको तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ ।

शुभकामना

यसअघि २०७४ मा निर्वाचित हुँदा उनले ईश्वरको नाममा सपथ लिएका थिए । त्यतिबेला उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकला निर्वाचित प्रतिनिधिसभा सदस्य थिए । यसपटक भने उनको पार्टीले प्रत्यक्ष र समानुपातिक गरी १४ सिट जितेको छ ।

२०७९ पुष ८, शुक्रबार ०६:२७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय