शिव मारुती ज्वेलर्स

काठमाडौं। इलाका प्रहरी कार्यालय मङ्गलटारको इतिहासमा पहिलो
पटक महिला प्रहरी अधिकृतले प्रमुखको रुपमा जिम्मेवारी प्राप्त गरेकी छिन् । नेपाल प्रहरीकी अब्बल महिला प्रहरी निरीक्षक (इन्स्पेक्टर) निकिता कुमारी मिश्राले औपचारिक रूपमा कार्यालय प्रमुखको कमाण्ड सम्हालेकी हुन् ।

मङ्गलटारको सुरक्षा प्रशासनको इतिहासमा कुनै महिला प्रहरी अधिकृतले कमाण्ड सम्हालेको यो पहिलो पटक हो । यस ऐतिहासिक घटनालाई स्थानीयवासी, सरोकारवाला तथा सुरक्षा क्षेत्रका जानकारहरूले सकारात्मक परिवर्तन, लैङ्गिक समानता र समावेशी नेतृत्वको एक महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।

शुभकामना

धनुषामा सफल ‘ट्र्याक रेकर्ड’मङ्गलटार आउनुअघि इन्स्पेक्टर मिश्राले जिल्ला प्रहरी कार्यालय धनुषामा रहेर सराहनीय कार्य गरेकी थिइन् । धनुषामा रहँदा उनी भारतको जम्मु कश्मीरमा बन्धक बनाइएका ३८ जना नेपाली नागरिकहरूलाई सकुशल फिर्ता ल्याउन सफल भएकी थिइन् ।त्यस्तै, धनुषाको चर्चित खत्वैया घटना, सिद्धार्थ बैंकका म्यानेजरसँग जोडिएको घटना र विदेह-५ मुडिबामा महिलाको घाँटी रेटी गरिएको हत्या जस्ता जटिल र हाइलाइटेड अपराधहरूको सफल अनुसन्धान गरेर उनले आफ्नो व्यावसायिक क्षमता प्रमाणित गरिसकेकी छिन् ।घरेलु हिंसा नियन्त्रण र राजस्व वृद्धिमा योगदानइन्स्पेक्टर मिश्राले धनुषामा रहँदा महिला, बालबालिका सुरक्षा र लैङ्गिक हिंसाका उजुरीहरूलाई न्यायपूर्ण ढङ्गले सम्बोधन गर्दै घरेलु तथा लैङ्गिक हिंसा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

सीमावर्ती क्षेत्रमा हुने अवैध भन्सार चोरी निकासी र तस्करी नियन्त्रणमा कडा रूपमा प्रस्तुत हुँदै उनले २९ लाख २९ हजार ६२० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएर राजस्व वृद्धिमा समेत योगदान पुर्‍याएकी थिइन् ।’लेडी सिङ्घम’ को पहिचान कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन इमानदारिता प्रदर्शन गरेबापत जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई ‘पुलिस अफ द मन्थ’ (असोज २०८१) को उपाधिबाट सम्मानित गरेको थियो ।

कार्यक्षेत्रमा देखाएको बहादुरीका कारण स्थानीय सञ्चार माध्यमहरूले उनलाई धनुषा प्रहरीको ‘लेडी सिङ्घम’ को रूपमा समेत चित्रण गर्ने गरेका थिए ।धनुषामा कुशल र निडर छवि बनाएकी इन्स्पेक्टर मिश्राको आगमनसँगै मङ्गलटार क्षेत्रको शान्ति सुरक्षा थप सुदृढ हुने र नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा नयाँ आयाम थपिने स्थानीयले विश्वास लिएका छन् ।

स्थानीय जानकारहरूका अनुसार यसले केवल एउटा प्रशासनिक जिम्मेवारी हस्तान्तरणको प्रतिनिधित्व मात्र गर्दैन, बरु नेपाली समाज र सुरक्षा निकायमा महिलाहरूले नेतृत्वदायी भूमिकामा प्रभावकारी रूपमा काम गर्न सक्छन् भन्ने सशक्त सन्देश समेत प्रवाह गरेको छ ।

नवनियुक्त कार्यालय प्रमुख मिश्राले स्थानीय शान्ति सुरक्षालाई मजबुत बनाउने, अपराध नियन्त्रण गर्ने र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

२०८३ असार ६, शनिबार ०४:३८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय