शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

महोत्तरी ,गौशाला  । एउटै विद्यालयबाट नियुक्ति भई सोही विद्यालयबाट अवकाश प्राप्त गर्ने दुर्लभ संयोगसँगै करिब चार दशक शिक्षा क्षेत्रमा समर्पित जीवन बिताउनुभएका शिक्षक तथा खेल प्रशिक्षक लक्ष्मण गौतम सम्मानपूर्वक अवकाश हुनुभएको छ।

लामो शिक्षण सेवाका क्रममा उहाँले हजारौं विद्यार्थीलाई शिक्षा प्रदान गर्नुका साथै खेलकुद क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ। उहाँको प्रशिक्षणबाट राष्ट्रिय स्तरका खेलाडीसमेत उत्पादन भएका छन्, जसले विद्यालय र समुदायको गौरव बढाएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

अनुशासित, कर्तव्यनिष्ठ र समर्पित शिक्षकका रूपमा परिचित गौतमको अवकाशले विद्यालयले एक अनुभवी शिक्षकमात्र होइन, प्रेरणादायी अभिभावकसमेत गुमाएको महसुस गरिएको छ।

विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूले उहाँले शिक्षा र खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी जीवन सुस्वास्थ्य, सुख, समृद्धि र दीर्घायु रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

२०८३ श्रावण ४, सोमबार १५:०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय