शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,भदौ ०८ गते । कञ्चनपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान बेदकोट नगरपालिका-६ सिसैयास्थित पूर्व-पश्चिम राजमार्गमा से ३ प ५२७४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेदकोट नगरपालिका-९ का ६० वर्षीय गौरसिंह महरा गम्भीर घाइते भएका थिए।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उनको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीस्थित टेक केयर अस्पताल प्रालिमा पठाइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्री डडेल्धुराको अजयमेरु गाउँपालिका-५ का २१ वर्षीय यज्ञ ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

२०८३ भाद्र ८, सोमबार ०८:३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय