फोकस नेपाल ,असार ३० गते । सर्लाही प्रहरीले कटुवा पेस्तोल, एक राउन्ड गोली र अन्य सामग्रीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मलंगवास्थित एक सैलुनमा लुकाएर राखिएको अवस्थामा हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।
शुभकामना

घटनामा संलग्न दुवै जनालाई पक्राउ गरी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।














