शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल , पुस ९ गते । धनुषामा गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अपरिचित व्यक्तिको गोली प्रहारबाट एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा शनिबार साँझ अज्ञात समूहको गोली प्रहारबाट सोही गाउँपालिका-२ बस्ने ४० वर्षीय धानुक दासको मृत्यु भएको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका हुन् । उनको बायाँ पाखुरामा गोली लागेको थियो । स्थानीयले गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदिप बहादुर क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

२०७९ पुष ९, शनिबार १५:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय